स्याङ्जामा पहिरोले घर पुरिँदा एकैघरका ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

स्याङ्जामा पहिरोले घर पुरिँदा एकैघरका ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता


प्रशासन संवाददाता

८ आश्विन २०७७, बिहिबार


स्याङ्जा । अविरल बर्षाका कारण स्याङ्जामा पहिरोले घर पुरिँदा एकैघरका ५ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेका  छन् ।

स्याङजाको वालिङ नगरपालिका-१४ तमादीमा गएको पहिरोमा परी माया परीयारको घरमा रहेको १० जनालाई घरले पुरिएको थियो । जसमा एक जनालाई जिवितै उद्धार गरिएको थियो ।

मृत्यु हुनेमा घरधनी माया नेपाली, दीपक नेपाली, सेनी नेपाली, जीवन नेपाली र उमा नेपाली छन् । उमा उक्त घरमा पाहुना बस्न गएकी थिइन् । पहिरोमा परी अझै ४ जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

माया नेपालीकी छोरी मनिषाको जीवितै उद्धार गरी उपचारका लागि वालिङ अस्पताल पठाइएको छ ।

त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको पनि पहिरोमा परी मृत्यु भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस