सामान्य प्रशासन मन्त्रालयका सहसचिव र मन्त्रीका पीएलाई कोरोना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सामान्य प्रशासन मन्त्रालयका सहसचिव र मन्त्रीका पीएलाई कोरोना


प्रशासन संवाददाता

७ आश्विन २०७७, बुधबार


समायोजन

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक सहसचिवलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केही दिनयता अस्वस्थ भएर घरमा आराम गरिरहेका ती सहसचिवलाई पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्रालय उच्च स्रोतले बतायो । उनको अवस्था अहिले सामान्य रहेको छ ।

त्यसै गरी मन्त्रीका एक पीएको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ । हिजोसम्म कार्यालयमा काम गरिरहेका ती अधिकारीको कोरोना रिपोर्ट पोजेटिभ आए पनि मन्त्री भने मन्त्रालयमा आएका छन् ।

सबैभन्दा धेरै चहलपहल रहने मन्त्रालयका सहसचिव र मन्त्रीकै पीएमा कोरोना पुष्टि भएपछि अन्य कर्मचारी र भेटघाट गर्नेहरूको समेत ट्र्याक रेकर्ड पत्ता लगाउने तयारी भइरहेको ती स्रोतले प्रशासनलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस