२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानी र सरसफाइ क्षेत्रमा निजी लगानीको व्यवस्था गर्न विज्ञहरुको माग

अ+ अ-

काठमाडौँ । नेपालमा हालसम्म स्वच्छ खानेपानीको पहुँच २० प्रतिशत नागरिकलाई मात्र पुगेकाले सेवा विस्तार गर्न निजी लगानी आकर्षित गर्नुपर्ने विज्ञहरुको माग छ ।

नेपालको संविधान भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत धारा ३५ को स्वास्थ्यसम्बन्धी हकको उपधारा ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ भन्ने व्यवस्था छ । यो व्यवस्था संविधान जारी भएको पाँच वर्ष पूरा हुँदा पनि सेवा दिनेतिर अघि बढेको छैन ।

असी प्रतिशत नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउन वैकल्पिक उपायको खोजी गर्दै निजी लगानी आकर्षित गरिनुपर्ने बैङ्क र तथा ग्लोबल एलायन्स अफ बैङ्किङ अन भ्यालु एशिया प्यासेफिकका क्षेत्रीय प्रतिनिधि उपेन्द्र पौड्यालले माग गरे । सरकारले प्राथमिकता प्राप्त क्षेत्रमा खानेपानी तथा सरसफाइलाई राखे बैङ्कहरुको लगानी आउन सक्ने उनको भनाइ छ ।

सन् १९९० को दशकसम्म पनि नेपालका बैङ्कहरुले जलविद्युत्मा लगानी गर्न सकिन्छ र गर्नुपर्छ भन्ने सोच्न सकेका थिएनन तर सरकारले यसलाई प्राथमिकता प्राप्त क्षेत्रमा राखेपछि जलविद्युत् क्षेत्रमा बैङ्कको लगानी बढेको छ । लगानीबाट साँवा र ब्याज फिर्ता हुन्छ भन्ने प्रत्याभूति गर्न सकिने अवस्था भएमा बैङ्कले सहज ढङ्गले लगानी गर्छन् । शुरुमा यस्ता आयोजनामा व्यापारिक तथा व्यावसायिक साख भएका व्यक्ति आउनुपर्ने विज्ञहरुको भनाइ छ ।

बैङ्कहरुले पनि लगानीका विविध क्षेत्रको खोजी गरिरहेका छन् । पहिले कार्पेट र तयारी पोसाक (गार्मेन्ट) मा लगानी गरेका बैङ्कहरुले जलविद्युत्, होटल, केबुलकार, कृषि र सिमेन्ट जस्ता क्षेत्रमा लगानी बढाउँदै लगेको देखिएको छ । बैङ्कहरुले खानेपानी आयोजनामा प्रत्यक्ष लगानी नगरे पनि निजी तथा सामूहिक आवास (हाउजिङ) र होटलहरुका सोलार पम्पिङ र पम्पिङ कम्पोनेन्टमा लगानी गरिरहेका छन् ।

राष्ट्रिय योजना आयोगका सचिव केवल भण्डारी नेपालको संविधान, १५ औँ आवधिक योजना र दिगो विकास लक्ष्य प्राप्तिसम्बन्धी कार्यक्रमले तय गरेका लक्ष्यहरु निर्धारित समयमा हासिल गरी सबै नेपालीलाई स्वच्छ खानेपानी र सरसफाइको सेवा उपलब्ध गराउने सरकारी प्रयासलाई सघाउने गरी वैकल्पिक कार्यक्रमको आवश्यकता रहेको बताउछन् । साना आयोजनामा स्थानीय बैङ्कले लगानी गर्न सक्ने उनले बताए ।

स्मार्ट पानीका निर्देशक सुमन शाक्यले सार्वजनिक क्षेत्रमा स्वच्छ खानेपानी उपलब्ध गराउन १४० वटा विद्यालयमा आफ्नै प्रयासमा कार्यक्रम थालिएको उदाहरण दिँदै खानेपानीको क्षेत्रमा नयाँ काम गर्ने र उद्यमशीलता विकास गर्नेलाई प्रोत्साहित गर्ने नीति माग गरे । खानेपानी स्वच्छ पार्ने प्रविधिको व्यापक विस्तार गरी संविधानले प्रत्याभूत गरेअनुसार स्वच्छ पानी र सरसफाइको सेवा देशभर उपलब्ध गराउन सकिने विश्वास उनी व्यक्त गर्छन् ।

एशिया वाटर काउन्सिलका संस्थापक डा. विन्दुनाथ लोहनी एशियामा बैङ्कहरुले टेलिकम, ऊर्जा, यातायातका क्षेत्रमा सहज तरिकाले लगानी गरेको तर खानेपानीको क्षेत्रमा सहुलियतपूर्ण कर्जा, सार्वजनिक निजी साझेदारीमा आयोजना सञ्चालन भइरहेको उल्लेख गर्दै आयोजनालाई सम्भावनायुक्त बनाउन आर्थिक सहयोग हुनुपर्ने बताउछन् ।