२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीको गण स्थापनाका लागि दिपायल सिलगढीका स्थानीयले दिए सहमति

अ+ अ-

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन् ।

कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्याङ्कन, क्षति तथा समस्याबारे राय सुझाव लिन आयोजना गरेको कार्यक्रममा वडा नं ४ का स्थानीयवासी तथा सामुदायिक वनका पदाधिकारीले उक्त वन क्षेत्रमा भवन निर्माण गर्न सहमति दिएका हुन् ।

दुई वर्षअघि शिक्षक तालिम केन्द्रमा अस्थायीरूपमा स्थापना गरिएको सो गणका लागि अब आफ्नै जमिनसहित भवन निर्माणका लागि गृहमन्त्रालयबाट बजेट विनियोजन भएपछि गणले यहाँका स्थानीयवासी तथा सरोकारवालाहरुसँग राय सुझाव लिन थालेको हो ।

सशस्त्र प्रहरीले आयोजना गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीको गण उक्त सामुदायिक वनमा स्थापना गरिए सामुदायिक वनसहित सबैलाई सुरक्षा मिल्ने भएकाले भवन निर्माण गर्न समुदायबाट नै सहमति दिने निर्णय गरिएको कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनका अध्यक्ष रतनबहादुर कठायतले बताए ।

उनले भने, ‘सशस्त्र प्रहरी बलको गण स्थापना गरिए सामुदायिक वनमा चोरी सिकार रोकिने तथा काठ चोरी पनि रोकिने भएको र सबै नागरिकलाई सुरक्षा मिल्ने भएकाले हामीले सहमति दिएका छौँ ।’