सशस्त्र प्रहरीको गण स्थापनाका लागि दिपायल सिलगढीका स्थानीयले दिए सहमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीको गण स्थापनाका लागि दिपायल सिलगढीका स्थानीयले दिए सहमति


७ आश्विन २०७७, बुधबार


डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन् ।

कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्याङ्कन, क्षति तथा समस्याबारे राय सुझाव लिन आयोजना गरेको कार्यक्रममा वडा नं ४ का स्थानीयवासी तथा सामुदायिक वनका पदाधिकारीले उक्त वन क्षेत्रमा भवन निर्माण गर्न सहमति दिएका हुन् ।

दुई वर्षअघि शिक्षक तालिम केन्द्रमा अस्थायीरूपमा स्थापना गरिएको सो गणका लागि अब आफ्नै जमिनसहित भवन निर्माणका लागि गृहमन्त्रालयबाट बजेट विनियोजन भएपछि गणले यहाँका स्थानीयवासी तथा सरोकारवालाहरुसँग राय सुझाव लिन थालेको हो ।

सशस्त्र प्रहरीले आयोजना गरेको उक्त कार्यक्रममा सशस्त्र प्रहरीको गण उक्त सामुदायिक वनमा स्थापना गरिए सामुदायिक वनसहित सबैलाई सुरक्षा मिल्ने भएकाले भवन निर्माण गर्न समुदायबाट नै सहमति दिने निर्णय गरिएको कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनका अध्यक्ष रतनबहादुर कठायतले बताए ।

उनले भने, ‘सशस्त्र प्रहरी बलको गण स्थापना गरिए सामुदायिक वनमा चोरी सिकार रोकिने तथा काठ चोरी पनि रोकिने भएको र सबै नागरिकलाई सुरक्षा मिल्ने भएकाले हामीले सहमति दिएका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस