थप १ हजार ३५६ जनामा कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप १ हजार ३५६ जनामा कोरोना संक्रमण, ८२३ जना डिस्चार्ज


६ आश्विन २०७७, मंगलबार


काठमाडौं । नेपालमा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घन्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३ सय ५६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।

प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ६६ हजार ६३२ संक्रमितको संख्या पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ८२३ रहेको छ । यो सँगै हालसम्म कोेरोना संक्रमणबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ ।

२४ घन्टामा ११ हजार १ सय ५४ पीसीआर परीक्षण गरिएको छ । र, सोही अवधिमा २ जनाको मृत्यु भएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस