संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई नेकपाको आग्रह


प्रशासन संवाददाता

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

नेकपा सचिवालयको मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो । साथै परिषद्को बैठक राखेर पदपूर्ति प्रक्रिया अगाडि बढाउन सबैलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । तर, कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने बैठकमा छलफल नभएको उनले बताएका छन् ।

बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको छ । त्यसपछि सचिवालय बैठकमा छलफल हुनेछ ।

बैठकले यसअघि नै नेताहरुसँगको परामर्शमा मन्त्रिपरिषद् पुनगर्ठनको जिम्मा प्रधानमन्त्री ओलीलाई दिएको छ । यसैका आधारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल मन्त्रिपरिषद् पुनगर्ठनको तयारीमा समेत जुटेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस