डा.केसी काठमाडौं आउँदै, माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने अडान « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

डा.केसी काठमाडौं आउँदै, माग पुरा नभएसम्म सत्याग्रह नतोड्ने अडान


प्रशासन संवाददाता

६ आश्विन २०७७, मंगलबार


काठमाडौं । भदौ २९ गते देखी जुम्लामा सत्याग्रहमा रहेका डा. गोविन्द केसी आज काठमाडौं आउँदै छन् ।

चिकित्सक्षेत्रमा सुधार गर्नुपर्ने ६ बुदे माग राख्दै भदौ २९ गते देखी जुम्लामा अनसनरत उनी हिजो (सामबार) नेपालगञ्ज आइपुगेका थिए । डा. केसी बुद्ध एयरको नियमित उडानबाट मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने उनका सहयोगी प्रीतम सुवेदीले जानकारी दिएका छन्।

उनका अननुसार मंगलबार डा. केसी नेपालगन्जबाट आउने र काठमाडौं महाराजगन्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा सत्याग्रहमा बस्‍नेछन् ।

डा. केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह नतोड्ने अडान राख्दै आएका छन् । सत्याग्रहको पाँचौं दिन राति प्रहरीले मन्दिरबाट उनलाई जबरजस्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा लगेर भर्ना गरेको थियो । तर उनले आफ्ना माग पूरा नभएसम्म कुनै पनि स्वास्थ्य सेवा नलिने अडान लिएका थिए ।

प्रतिष्ठानका चिकित्सकहरुले सोमबार नै डा. केसीले स्वास्थ्य जाँच तथा उपचार पूर्ण रुपमा अस्वीकार गरिहेको हुँदा सहज हुने स्थानमा स्थानान्तरण गर्न सुझाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस