अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने : राष्ट्रपति ट्रम्प « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने : राष्ट्रपति ट्रम्प


५ आश्विन २०७७, सोमबार


वासिङ्टन । स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताएका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने उनले बताए ।

राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था फक्स न्यूजसँग भने, ‘मैले शुक्रबार वा शनिबार मनोनयनको घोषणा गर्नेछु र त्यसपछि काम सुरु हुन्छ तर आशा गरौँ यो धेरै का हुने छैन ।’

आफूले स्मृति कार्य सकिँदासम्म प्रतिक्षा गर्न चाहेको पनि उनले बताए ।

रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले राष्ट्रपति पदको निर्वाचन नभएसम्म अर्थात् नोभेम्बर ३ सम्म उम्मेद्वारलाई मतदान गर्न पर्खनु पर्ने तर्कलाई अस्वीकार रिपब्लिकन पार्टीको तर्फबाट आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका राष्ट्रपति ट्रम्पले गरे ।

‘अन्तिम मतदान अर्को निर्वाचन पहिले हुनुपर्छ । त्यसका लागि हामीसँग प्रशस्त समय छ,’ ट्रम्पले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस