नेपालीले विदेशबाट डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेपालीले विदेशबाट डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने


५ आश्विन २०७७, सोमबार


काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।

नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा प्राप्त नहुने जस्ता समस्याको समाधानहुने भएको छ ।

केन्द्रीय बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र डिजिटल वालेटमार्फत् रेमिट्यान्स पठाउन मिल्ने नयाँ व्यवस्था गरेको छ । विद्यमान व्यवस्था अनुसार विप्रेषण रकम बैंकिङ प्रणाली वा विप्रेषण सेवा प्रदायक कम्पनीले मात्रै पठाउँदै आएका थिए । नयाँ व्यवस्था पछि मोबाइलबाटै सहज रुपमा पैसा पठाउन सकिने भएको हो ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक परिपत्र मार्फत विदेशमा रहेका नेपालीले विद्युतीय माध्यमबाटै नेपालमा पैसा पठाउन सक्ने व्यवस्था गरेको हो । बैंकका अनुसार त्यसका लागि नेपालका बैंक तथा वित्तीय संस्था एवम् विप्रेषण सेवा प्रदायक कम्पनीले विदेशमा काम गरिरहेका नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका विद्युतीय भुक्तानी गर्ने संस्थासँग भने आवद्ध हुनुपर्ने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकको विप्रेषण विनियामावली २०७६ को साविकका व्यवस्थाका साथमा अतिरिक्त तोकिएको सर्त र सीमासहित सम्झौता गरी विद्युतीय माध्यमबाट नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले विद्युतीय प्रणालीलाई थप विस्तार तथा विकास गर्ने लक्ष्यसाथ उक्त व्यवस्था लागू गरिएको जनाएको छ । नयाँ व्यवस्था पछि नेपालका बैंक तथा वित्तीय संस्थाद्वारा सञ्चालित मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, इलेक्ट्रोनिक कार्ड र बालेट सेवा प्रदान गरिरहेका संस्था वा कम्पनी मार्फत घरमै विप्रेषण प्राप्त गर्न सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस