महाराष्ट्रमा भवन भत्किँदा दश जनाको मृत्यु, उद्धारको काम जारी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

महाराष्ट्रमा भवन भत्किँदा दश जनाको मृत्यु, उद्धारको काम जारी


एजेन्सी

५ आश्विन २०७७, सोमबार


महाराष्ट्र । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा रहेका कम्तीमा पनि दश जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो ।

तीन तल्ले सो भवन भत्किँदा त्यसमा रहेका ती व्यक्तिको ज्यान गएको थियो । सो भवन सोमबार बिहान ४ः४० बजे भत्किएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

त्यस भवनमा रहेका अरु पाँच जना नराम्ररी घाइते भएका छन् । उनीहरुलाई बिहानै स्थानीय अस्पतालमा पु¥याइएको बताइएको छ ।

सो भवनमा पुरिएका व्यक्तिलाई तत्कालै उद्धार गरी निकालिएको भारतको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्स्’ले जनाएको छ । उक्त एनडिआरएफका अधिकारीहरुले सोमबार बिहान अबरेसम्म पनि उद्धारको काम जारी रहेको बताएका छन् ।

त्यस भत्किएको भवनको भग्नावशेषभित्र केही व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम तत्कालै थालिएको पनि उद्धार अधिकारीहरुले जानकारी दिएका छन् । त्यस भवनमा २० देखि २५ जनासम्म व्यक्ति च्यापिएर रहेका थिए । उनीहरुमध्ये करिब २० जनालाई उद्धार गरी निकालिएको छ ।

थप च्यापिएर रहेका व्यक्तिको उद्धारको काम जारी रहेको उद्धार अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस