आन्तरिक उडान आजदेखि सुरु, विमानस्थलका कर्मचारी उत्साहित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आन्तरिक उडान आजदेखि सुरु, विमानस्थलका कर्मचारी उत्साहित


प्रशासन संवाददाता

५ आश्विन २०७७, सोमबार


काठमाडौँ। आजदेखि आन्तरिक उडान सुरु भएको छ । कोरोना भाइरस (कोभिड १९)का कारण करिब ६ महिना बन्द रहेको नियमित आन्तरिक उडान आजदेखि सुरु भएको हो ।

आज देखि उडान सुरु हुने भएपछि आन्तरिक उडानका ठुला कम्पनीहरूले शुक्रवारदेखि नै टिकेट बुकिङ खुल्ला गरेका थिए । आज पहिलो दिन चितवनमा बुद्ध र यती एयरलाइन्सले दुई–दुई उडान गर्ने छन् ।

६ महिनापछि विमान उडान हुने भएपछि विमानस्थलका कर्मचारी तथा एयरलाइन्सका कर्मचारीहरू पनि उत्साहित बनेका छन् ।

बुद्ध एयरले बिहान ११:१० र दिउँसो ३:४० बजे दुई उडान गर्ने जनाइएको छ । विमानस्थलमा स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड लागू गरी उडान गरिने बताइएको छ ।

यस्तै यतिले भरतपुर–काठमाडौँका लागि सोमबार दुई उडान गर्दै छ । यतिको बिहान ९:५५ बजे र दिउँसो २:२५ बजे काठमाडौँ–भरतपुर उडान रहेको जनाइएको छ । यतीले पनि विमानस्थलमा यात्रु तथा कर्मचारीका लागि स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा लागू गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस