सेल्फ आइसोलेसनको नियम तोड्नेलाई १० हजार पाउण्ड जरिवाना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेल्फ आइसोलेसनको नियम तोड्नेलाई १० हजार पाउण्ड जरिवाना


एजेन्सी

४ आश्विन २०७७, आइतबार


काठमाडौँ । बेलायत सरकारले सेल्फ आइसोलेसनको नियम तोड्नेलाई १० हजार पाउण्ड जरिवाना गर्ने भएको छ ।

कोरोना भाइरसर संक्रमणको जोखिम बढ्नथालेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले यस्तो नियम लागू गर्ने भएका हुन् ।

नयाँ नियमअनुसार सेल्फ आइसोलेशनमा बस्न अस्विकार गर्नेले न्यूनतम एक हजार पाउन्ड जरिवाना तिर्नुपर्नेछ र पटक पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवानमा १० हजार पाउन्डसम्म पुग्ने जनाइएको छ ।

सेप्टेम्बर २८ तारिखदेखि कोरोनाभाइरसद्वारा संक्रमित व्यक्तिहरु र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु सेल्फ आइसोलेशनमा बस्नुपर्ने नियम तोकिएको हो । नयाँ सुरक्षाको सावधानीमा कम आय श्रोत भएकालाई एकपटकका लागि ५ सय पाउन्डको आर्थिक सहयोगसमेत दिइने जनाइएको छ ।

शनिबार कोरोना संक्रमणका ४ हजार ४ सय २२ जना संक्रमित भेटिएका थिए भने २७ जनाको मृत्यु भएको थियो ।
स्कटल्याण्डमा ३५० नयाँ संक्रमित भेटिए । मे महिनापछि दैनिक भेटिएका संक्रमितको यो सबैभन्दा उच्च संख्या हो । यस्तै वेल्समा २ सय १२ नयाँ संक्रमित भेटिए भने उत्तरी आयरल्याण्डमा २२२ नयाँ संक्रमित भेटिएका थिए ।

यसअघि सेल्फ आइसोलेशन बस्नुपर्ने आदेश तोकिए पनि कुनै जरिवाना तोकिएको थिएन । प्रधानमन्त्री बोरिस जोनसनले नियमको पालना नै कोरोनाभाइरसबाट बच्ने उत्कृष्ट तरिका भएको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस