कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु, मृतकको संख्या १० पुग्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु, मृतकको संख्या १० पुग्यो


प्रशासन संवाददाता

४ आश्विन २०७७, आइतबार


रुपन्देही । बाँकेमा कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको हो ।

गत भदौ २० गते अस्पताल भर्ना भएका उनको २१ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

उपचाररत उनको दुवैतिरको फोक्सोमा निमोनिया देखिएकाले अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गएराति साढे ११ बजे उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु  हुनेको संख्या १० पुगेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस