बितेको २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बितेको २४ घण्टामा थप १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि


प्रशासन संवाददाता

३ आश्विन २०७७, शनिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १०३३३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४४७ जना निको भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४५ हजार २६७ पुगेको गौतमले बताए ।

कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको गौतमले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस