२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्को वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने ट्रम्पको दावी

अ+ अ-

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।

उनले भने ‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुने छ ।’

खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए। उनले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताएका थिए ।

शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उनले सो कुरा बताएका हुन्। अमेरिकाका वरिष्ठ बैज्ञानिक र चिकित्सकहरु बिगतदेखि नै यस कार्यमा लागिराखेको पनि बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले भने ‘अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरुले यो खोप आविश्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन् ।’

त्यसैले पनि अब अमेरिकाले चाँडै नै नयाँ खोप उत्पादनको काम पनि थाल्ने जानकारी दिए । उनले अब यो खोपको परीक्षण अन्तिम परीक्षणको क्रममा रहेको र सो परीक्षण सकिएलगत्तै खोप उत्पादनको काम गर्ने जानकारी पनि दिए ।

अमेरिका विश्वमा नै कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश हो । यहाँ अहिलेसम्म ६७ लाखभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यस्तै अमेरिकामा विश्वमै सबैभन्दा बढीको यस संक्रमणबाट ज्यान गएको छ । शुक्रबारसम्म यहाँका १ लाख ९८ हजार भन्दा बढी नागरिकको यो संक्रमणबाट नै ज्यान गएको छ ।