यथार्थ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यथार्थ


संदीप कुमार साह

३ आश्विन २०७७, शनिबार


तिमी परिवर्तन परिवर्तन भन्यौँ,
हामी आन्दोलन गर्‍यौँ,
हामी विकास विकास भन्यौँ,
तिमी भ्रष्टाचारमा लिप्त हुँदै गयौँ ।

तिमी देशलाई प्रदेशमा बाड्यौं,
हामीलाई गाउँ गाउँमा सिंहदरबार गयो भन्यौँ,
हामी शिक्षा, स्वास्थ्य, रोजगार खोज्यौँ,
तिमी खाली पूर्वाधारमा लगानी गर्‍यौँ ।

तिमी कहिले जातीय त कहिले क्षेत्रीय मुद्दा उठायौँ,
हामी विभेद र उत्पीडनको अन्त्य गर्न भन्यौँ,
तिमी शान्त, समृद्ध र समुन्नत राष्ट्रको सपना देखायौँ,
हामी समतामूलक समाजको निर्माणमा जुट्न भन्यौँ ।

हामी कहिले बाढी, पहिरो, भूकम्पले घरबार विहीन भयौँ,
हामी अहिले कोरोनाले रोजगार विहीन भएर घरमै थुनियौँ,
सरकार, तिमी अल्मलिएको अल्मलिई गर्‍यौँ,
हामी न त बाँच्न सक्यौँ, न मर्न नै सक्यौँ ।

प्रतिक्रिया दिनुहोस