मन्त्री गुरुङद्धारा लापिलाङ पहिरोको स्थलगत अवलोकन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री गुरुङद्धारा लापिलाङ पहिरोको स्थलगत अवलोकन


२ आश्विन २०७७, शुक्रबार


दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिराको आज महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङले स्थलगत अवलोकन गरेका छन् ।

उनी आज राहत सामग्रीसहित पहिराको स्थलगत निरीक्षण गर्न लापिलाङ पुगेका थिए । मन्त्री गुरुङले पहिराको अवलोकन गदै पहिरो पीडित परिवारलाई खाद्यन्न सामग्री वितरण गरे । उनले लगातार वर्षा भइरहेको र पहिराको जोखिम कम नभएका कारण सुरक्षित स्थानमा बस्न तथा बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलाई निर्देशन दिए । पहिराको क्षतिको विवरण सङ्कलन गरी सरकारले राहतको व्यवस्था मिलाउने र तत्कालका लागि सुरक्षित स्थानमा वस्न पीडितलाई मन्त्री गुरुङले आग्रह गरे ।

लापिलाङ रानीवनमा गत साउन १९ गतेदेखि लगातार पहिरो गइरहेको र नरोकिएका कारण ठूलो क्षति पुगेको छ । हालसम्म मानवीय क्षति नभए पनि २४ घर पूर्णरुपमा क्षतिग्रस्त छन् । दुई सय घरपरिवार विस्थापित भएका छन् । विस्थापति परिवारलाई गाउँपालिकाले नजिकैको विद्यालय तथा सुरक्षित स्थानमा सारेको छ ।

प्रदेशसभा सदस्य पशुपति चौलागाइँले तत्काल सुरक्षित रहन आग्रह गदै पहिरो रोकथाम तथा बस्ती स्थान्तरण गरेर पुनःनिर्माणका लागि प्रदेश सरकारको ध्यानआकर्षण गरिएको बताए । पहिरो अवलोकनमा पूर्वमन्त्री आनन्द पोखरेल, प्राविधिक लगायतको टोली थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस