२ हजार २० जनामा कोरोना संक्रमण, ८७१ जना डिस्चार्ज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२ हजार २० जनामा कोरोना संक्रमण, ८७१ जना डिस्चार्ज


२ आश्विन २०७७, शुक्रबार


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५ सय ९३ पुगेको जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ४३ हजार ८ सय २० जना कोरोना संक्रमित निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या तीन सय ९० पुगेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस