देशका अधिकांश स्थानमा बिहानैदेखि बदली र वर्षा : यस्तो छ दिनभरको मौसम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

देशका अधिकांश स्थानमा बिहानैदेखि बदली र वर्षा : यस्तो छ दिनभरको मौसम


प्रशासन संवाददाता

२ आश्विन २०७७, शुक्रबार


काठमाडौँ । देशभर शुक्रवारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तै शुक्रवार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश नम्बर ५, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसमविद्ले बताएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस