डोल्पामा वडा अध्यक्षसहित चार जनामा कोरोना संक्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

डोल्पामा वडा अध्यक्षसहित चार जनामा कोरोना संक्रमण


टेकबहादुर शाही

१ आश्विन २०७७, बिहिबार


डोल्पा । डोल्पामा एक वडा अध्यक्षसहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।

मुड्केचुला गाउँपालिका एक वडा अध्यक्ष सहित दुई जना र जिल्ला बाहिरका दुई जना गरेर चार जनामा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

गाउँपालिकामा टावर निर्माणका लागि नेपालगन्जबाट आएको र एक जना दिदी पुर्‍याउनका लागि जाजरकोटबाट आएको पाइएको र उनीहरूबाटै कोरोना फैलिएको जिल्ला प्रशासन कार्यालयले डोल्पाले जनाएको छ ।

जिल्ला बाहिरका दुई संक्रमित एक वडा अध्यक्ष र एक गाउँपालिकामै बसेका नागरिक संक्रमित भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । प्रजिअ सुनारले भने संक्रमितहरुलाई कुनै पनि लक्षण नदेखिएको र उनीहरूलाई छुट्टै आइसोलेसन बनाएर राख्ने तयारी भइरहेको बताए ।

संक्रमित चार जना मध्ये एक जना त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने खदाङ्ग क्वारेनटाइनमा राखिएको र दुई जना रुकुम–डोल्पा सिमानामा पर्ने त्रिवेणी क्वारेनटाइनमा राखिएको छ ।

बाँकी एक जना संक्रमित वडा अध्यक्ष काम विशेषले सुर्खेतमा रहेको प्रशासनले जनाएको छ । उनीहरूसँग सम्पर्कमा रहेका सबैलाई पहिचान गरेर परीक्षण गर्ने तयारी भइरहेको प्रजिअ सुनारले बताए ।

केही दिन अघि स्वाब सङ्कलन गरेर परीक्षण गराएको रिपोर्ट पोजेटिभ आएको गाउँपालिकाले जनाएको छ । यस अघिसम्म डोल्पा कोरोना संक्रमणमुक्त थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस