चितवनमा निषेधाज्ञा खुकुलो, सवारीमा जोर बिजोर प्रणाली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चितवनमा निषेधाज्ञा खुकुलो, सवारीमा जोर बिजोर प्रणाली


प्रशासन संवाददाता

३१ भाद्र २०७७, बुधबार


चितवन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले जिल्लामा गरेको निषेधाज्ञा खुकुलो गरेको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज जारी गरेको सूचनामा भदौ ३१ गते राति १२ बजेबाट लागू हुनेगरी गरिएको आदेशमा केही खुकुलो गरिएको जनाइएको छ । यस अघि साउन २८ गतेबाट जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्धारा जारी सूचनामा आदेश असोज ७ गतेसम्म कायम रहेको भए पनि पहिले भन्दा केही खुकुलो गरिएको उल्लेख छ ।

कार्यालयले बिहिबारदेखि निजी तथा सार्वजनिक सवारी साधन जोर बिजोेर प्रणालीमा चलाउन दिने, जोर गते जोर र बिजोर गते बिजोर सवारी सञ्चालन गर्ने, होटल रेष्टुरेन्टमा राजमार्गका लागि राति १० बजेसम्म र अन्यलाई राति ८ बजेसम्म सञ्चालन गर्न दिने, शैक्षिक संस्थाले अनलाइनमार्फत पठनपाठन सञ्चालन गर्ने आदेशमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस