जापानका पूर्व मुख्य सचिव सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जापानका पूर्व मुख्य सचिव सुगा नयाँ प्रधानमन्त्रीमा निर्वाचित


एजेन्सी

३१ भाद्र २०७७, बुधबार


काठमाडौं । जापानमा नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । पूर्व मूख्य सचिव योशिहिदे सुगा निर्वाचित भएका हुन् ।

एजेन्सी कोयदो न्युजका अनुसार बुधबार संसदमा भएको मतदानमा ३१४ मतसहित सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । लिब्रल डेमोक्रेटिक पार्टी (एलडीपी) को बहुमत रहेको संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिका ४६५ सदस्यमध्यबाट ३१४ मत प्राप्त गरेको छ ।

स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएका सिन्जो आबेको उत्तराधिकारीका लागि जापानको सत्तारुढ दल एलडीपी सोमबार नयाँ नेताको रुपमा योशिहिदेलाई सुगालाई निर्वाचित गरेको थियो । पार्टी नेतामा उनले ५३४ मध्येबाट ३७७ मत प्राप्त गरेका थिए ।

उनको कार्यकाल सन् २०२१ को सेप्टेम्बरमा सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस