गजल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गजल


पारस ढकाल

३१ भाद्र २०७७, बुधबार


अन्यायका किल्लाहरू सबै ढल्नुपर्छ
श्रमजीवी मझेरीमा बत्ती बल्नुपर्छ ।

चेतनाको जनलहर संसार फिँजाउँदै,
सामन्तीलाई उडाउने हावा चल्नुपर्छ ।

समाजमा सुशासन र शान्ति कायम गर्न,
दुस्मनका अखडा चैँ सबै जल्नुपर्छ ।

लाग्नुपर्छ हामी सबै देश विकास गर्न,
स्वदेशको यै माटोमा सुन फल्नुपर्छ ।

परिश्रम र पसिनाको सिकौँ सम्मान गर्न,
हिमाल, पहाड, तराईको भूमि गल्नुपर्छ ।
स्वदेशको यै माटोमा सुन फल्नुपर्छ ।।

प्रतिक्रिया दिनुहोस