रासायनिक मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

रासायनिक मल नल्याउने शैलुङ र होनीको कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस


प्रशासन संवाददाता

२९ भाद्र २०७७, सोमबार


काठमाडौं । समयमै रासायनिक मल आपूर्ति नगर्ने दुई कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले कालोसूचीमा राख्न सिफारिस भएको छ।

शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानिको मल्टिप्रपोज कम्पनीलाई कालोसूचीमा राख्न सिफरिस गरिएको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडले शैलुङ इन्टरप्राइजेजसँग वैशाख १२ गते र होनिको मल्टिप्रपोज कम्पनीसँग १५ गते २५/२५ मेट्रिक टन युरिया मल खरिद गर्नका लागि सम्झौता भएपनि तोकिएको समयमा नल्याएपछि कालोसूचीमा राखेर कारवाही गर्नुपरेको प्रबन्ध संचालक नेत्र बहादुर भण्डारीले जानकारी दिए।

सम्झौता गरेर ५० हजार मेट्रिक टन मल नल्याउने दुवै कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई कृषि सामाग्री कम्पनी लिमिटेडले पत्राचार गरेको हो ।

यस वर्ष साउनमा ल्याउनुपर्ने मल उनीहरुले ल्याउन नसकेपछि उनीहरुसँगको सम्झौता खारेज भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस