१ हजार १७० जनामा कोरोना संक्रमण, ८७९ जना डिस्चार्ज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१ हजार १७० जनामा कोरोना संक्रमण, ८७९ जना डिस्चार्ज


प्रशासन संवाददाता

२९ भाद्र २०७७, सोमबार


काठमाडौं । पछिल्लो २४ घण्टामा ११७० जनाका कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरको प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस