अब दुई हजारमै कोरोना परीक्षण, आधा घन्टामै रिपोर्ट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

अब दुई हजारमै कोरोना परीक्षण, आधा घन्टामै रिपोर्ट


२८ भाद्र २०७७, आइतबार


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो पटक नयाँ प्रविधिबाट कोरोना परीक्षण गर्ने भएको छ। नेपाल सरकारबाट मान्यता प्राप्त एन्टिजेन प्रविधिबाट दुई हजारमै कोरोना परीक्षण गर्न लागेको हो।

नगरपालिका ६ स्थित मुलपानी नगर अस्पतालाबाट असोज १ गतेदेखि यो सेवा सुरु गरिने नगरपालिकाका मेयर कृष्णहरी थापाले जानकारी दिए।

‘नगरपालिकाले नेपालमा पहिलो पटक एन्टिजेन प्रविधिबाट दुई हजारमै पीसीआर परीक्षण गर्न गइरहेका छ, उनले भने,’ मुलपानी नगर अस्पतालबाट यो सेवा असोज एक गते देखि सुरु हुँदैछ। रिपोर्टका लागि २४ धण्टा कुर्नु नपर्ने भएकाले यो सेवा सस्तो, छिटो र भरपर्दो हुने विश्वास लिएका छौं।’ यसअघि नगरपालिकाले नगरवासीका लागि निशुल्क रुपमा कोरोना परीक्षण गराउँदै आएको थियो।

यही भदौं २५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण भए/नभएको पत्ता लगाउनका लागि द्रुत एन्टिजेन परीक्षण किटलाई स्वीकृति दिने निर्णय गरेको थियो। पीसीआर महंगो, परीक्षण विधि लामो र रिपोर्ट आउन पनि समय लाग्ने भएपछि एन्टिजेन विधिबाट परीक्षण गर्न लागिएको हो।

 

Tags :
प्रतिक्रिया दिनुहोस