कुटपिट गरी आफ्नै ज्वाइँको हत्या गरेको अभियोगमा ससुरासहित पाँच जना पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कुटपिट गरी आफ्नै ज्वाइँको हत्या गरेको अभियोगमा ससुरासहित पाँच जना पक्राउ


२८ भाद्र २०७७, आइतबार


पक्राउ

बाँके । बाँकेमा आफ्नै ज्वाईको हत्या गरेको अभियोगमा ससुरासहित पाँच जना पक्राउ परेका छन  ।

नेपालगंज उपमहानगरपालिका-१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएकोमा नर्सिंङहोमस्थित नेपालगंजमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस