तनहुँमा कोरोनाबाट ७६ वर्षीया महिलाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तनहुँमा कोरोनाबाट ७६ वर्षीया महिलाको मृत्यु


२८ भाद्र २०७७, आइतबार


दमैली । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ ।

आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौंस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जानकारी गराएको छ ।

ती महिलामा मुटुसम्बन्धी समस्या रहेको थियो । भदौ २० गते अस्पतालमा भर्ना भएकी उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो ।

उपचारका लागि चितवन पुगे पनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौँ लगिएको जनाइएको छ । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या चार पुगेको छ ।

यसअघि व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरा, व्यास–२ की २० वर्षीया युवतीको काठमाडौँ र म्याग्दे गाउँपालिका–१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस