पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छ : सभामुख सापकोटा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पहिरो प्रभावितलाई तत्काल सहयोग हुन्छ : सभामुख सापकोटा


२८ भाद्र २०७७, आइतबार


चौतारा । सभामुख अग्निप्रसाद सापकोटा आज बाह्रबिसे नगरपालिका–७ घुमथाङको भीमखर्कमा र नाकबुच्चेमा गएको पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी पहिरो प्रभावितलाई तत्काल सहयोग हुने जानकारी दिए ।

उनले भौगोलिक अध्ययन गराएर यहाँको बस्ती सार्नु पर्ने/नपर्ने विषयमा राष्ट्रियस्तरमै पहल गर्ने प्रतिबद्धता जनाए । ‘पीडित परिवारका लागि तत्काल राहतको व्यवस्था हुन्छ नै’, सभामुख सापकोटाले भने ।

गए राति गएको पहिराले ११ घर क्षति भई नौ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन् । तीनजना घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

यसैगरी आज बिहान गएको पहिराले जुगल गाउँपालिका–४ चनौटेमा तीन घर पूर्ण रुपमा क्षति भई स्थानीय विमला पौडेल घाइते भएका छन् । त्यस्तै वडा नं १ सेलाङको देउरालीमा पहिराले सात घरका परिवार विस्थापित भएको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस