विश्वभर २ करोड ८ लाख कोरोना सङ्क्रमित डिस्चार्ज, ९ लाख २४ हजारको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वभर २ करोड ८ लाख कोरोना सङ्क्रमित डिस्चार्ज, ९ लाख २४ हजारको मृत्यु


एजेन्सी

२८ भाद्र २०७७, आइतबार


काठमाडौँ । विश्वभर २ करोड ८ लाख भन्दा बढी कोरोना भाइरस(कोभिड १९) सङ्क्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । २ करोड ८९ लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमण भएकोमा हालसम्म निको भएर डिस्चार्ज हुनेको सङ्ख्या २ करोड ८ लाख ३ हजार ६ सय ९५ पुगेको हो ।

सङ्क्रमित मध्ये हालसम्म विश्वभर कूल ९ लाख २४ हजार ४ सय ८६ जनाले ज्यान गुमाउनु परेको छ । जसमध्ये सबैभन्दा बढी ज्यान गुमाउनेको सङ्ख्या अमेरिका रहेको छ । अमेरिकामा १ लाख ९८ हजारले ज्यान गुमाएका छन् भने ३९ लाख ५० हजार भन्दा बढी निको भइसकेको छ । अमेरिकामा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ६६ लाख ७६ हजारभन्दा बढी रहेको छ । अन्य देशको तुलनामा अमेरिकाको कोरोना सङ्क्रमण दर बढी नै रहेको छ ।

यस्तै भारतमा कूल सङ्क्रमितको संखया ४७ लाख ५१ हजार भन्दा बढी पुगेको छ । भारतमा हालसम्म ७८ हजार ६ सय १४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोना सङ्क्रमणका कारण सबैभन्दा बढी प्रभावित अर्को देश ब्राजिल पनि हो । ब्राजिलमा हालसम्म ४३ लाख १५ हजार सङ्क्रमित भइसकेका छन् भने १ लाख ३१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । हालसम्म ३५ लाख ५३ हजार कोरोना सङ्क्रमण मुक्त भई घर फर्किसकेका छन् ।

विश्वभर कोरोना सङ्क्रमण दर अझै घटेको छैन । सङ्क्रमण दर अझै बढिरहेको छ । चीनको वुहान शहरमा सन् २०१९ डिसेम्बर ३० मा देखा परेको कोरोना भाइरसले हाल विश्व महामारीको रूपमा परिभाषित भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले चीनको हुवेइ प्रान्तको वुहान शहरबाट उत्पत्ति भएको नोबेल कोरोना भाइरसको नाम कोभिड १९ भनी सार्वजनिक गरेको थियो ।

यो रोगबाट २०२० जनवरी ५ मा चीनमा पहिलो पटक मानिसको मृत्यु भएको थियो । यो रोग हाल विश्वका २ सय १३ देशमा महामारीको रूपमा फैलिरहेको छ । चीनमा भने यो रोग नियन्त्रणमा आएर स्थिति सहज भइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस