चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने नेकपा निर्णय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चैत्र २५ देखि ३० गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने नेकपा निर्णय


२६ भाद्र २०७७, शुक्रबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले केपी शर्मा ओली सरकार र पुष्पकमल दाहाल प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्धयको प्रस्ताव पेश भएको थियो । त्यसमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १३ नेताले बोलेका छन् । नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

उनका अनुसार अब पार्टीलाई विधि र पद्धतीमा अगाडि बढाउने भने सरकार पार्टीको मागर्दशनमा चल्नेछ । सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय लिइनेछ ।

नेकपा एकता महाधिवेशन चैतमा हुने भएको छ। बैठकले २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो।

चैत २५ गतेदेखि ३० गतेसम्म काठमाडौंमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको हो। त्यसको तयारीका लागि कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस