गाउँपालिका अध्यक्षलाई कोरोना सङ्क्रमण, कर्मचारीहरु पनि क्वारेन्टिनमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गाउँपालिका अध्यक्षलाई कोरोना सङ्क्रमण, कर्मचारीहरु पनि क्वारेन्टिनमा


प्रशासन संवाददाता

२५ भाद्र २०७७, बिहिबार


कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पतालरपशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको पिसिआर परीक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको हो । केही दिन यता रुघाखोकीको लक्षण देखिएपछि कोरोनाको आशङ्कामा वीरेन्द्रनगर आएर परीक्षणका लागि स्वाब दिएका थिए ।

कोरोना महामारी नियन्त्रणमा खटिँदै आएका अध्यक्ष केसी हाल सिम्तास्थित बागेश्वरी माध्यमिक विद्यालयको आइसोलेसनमा बसेका छन्। उनले आफूलाई सामान्य रुघाखोकीबाहेक अन्य लक्षण नदेखिएको बताए । उनले भने, ‘अहिले आइसोलेसनमा बसेको छु, स्वास्थ्य अवस्था सामान्य छ, त्यस्तो समस्या केही देखिएको छैन, उच्च मनोबलका साथ तातो पानी, बेसार पानी पिएर कोरोना जितेर फर्कन्छु ।’

अध्यक्षलाई सङ्क्रमण देखिन वित्तिकै उनको सम्पर्कमा रहेका जनप्रतिनिधि र कर्मचारीहरु क्वारेन्टिनमा बसेका छन् । उनीहरुको स्वाब सङ्कलन गर्ने र एक साता गाउँपालिका कार्यालय सिल गर्ने तयारी भइरहेको अध्यक्ष केसीले बताए । हाल गाउँपालिकामा एउटा मात्र क्वारेन्टिन रहेको र उक्त क्वारेन्टिमा ४० जना रहेका अध्यक्ष केसिले बताए । उनले स्वास्थ्यकर्मीहरुले पनि राम्रे सेवा दिइरहेको बताएका छन् । आफ्नो सम्पर्कमा आएका सबै अहिले क्वारेन्टिनमा बसिरहेको उनको भानाइ छ ।

करिब सात महिना गाउँपालिकामा कोरोना रोकथाममा खटिने क्रममा उनी आफै क्वारेन्टिन र आइसोलेसनमा पुगेर कोरोनासम्बन्धी सचेतना र नागरिकको मनोबल बढाउन मनोविमर्शका कार्यक्रम सञ्चालन गर्दै आएका थिए । उनले आइसोलेसनका सङ्क्रमितलाई योगा अभ्याससमेत सिकाउँदै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस