नौलो परिवेश सहकारीका प्रबन्धक साढे ५ करोड ठगीको अभियोगमा पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नौलो परिवेश सहकारीका प्रबन्धक साढे ५ करोड ठगीको अभियोगमा पक्राउ


२४ भाद्र २०७७, बुधबार


पक्राउ

काठमाडौं । सहकारी संस्थाको ५ करोढ ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने ४४ वर्षीय राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाव तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा लिई हिसाबको विवरण नदेखाई उक्त रकम ठगी गरेर फरार भएको प्रहरीको भनाइ छ ।

फरार रहेका खड्गीलाई महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिका-२३ धापाखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस