निषेधाज्ञा एक हप्ता लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निषेधाज्ञा एक हप्ता लम्ब्याउन स्वास्थ्य मन्त्रालयको सुझाव


प्रशासन संवाददाता

२४ भाद्र २०७७, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निषेधाज्ञा एक हप्ता लम्ब्याउन सुझाव दिएको छ । मन्त्रालयले कोरोना संक्रमणदर अझै नघटेको भन्दै उपत्यकामा निषेधाज्ञा एक साता थप गर्नुपर्ने जनाएको छ ।

आज (बुधबार) राति १२ बजेदेखि जारी निषेधाज्ञा सकिँदै छ । उपत्यकामा विगत तीन सातादेखि निषेधाज्ञा जारी छ । कोरोना महामारी नियन्त्रणका लागि अझै एक साता लकडाउन लम्ब्याए सहज हुने मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

मंगलबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले भने सीमाबाट प्रवेश गर्ने नाकामा सेना परिचालन गरी उपत्यकाको निषेधाज्ञा खुकुलो बनाउनुपर्ने निर्णय गरेको छ । निजी सवारी साधनलाई जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न फोरमको सुझाव छ ।

तर विज्ञहरुले भने निषेधाज्ञा मात्रै महामारी रोकथामको उपाय नभएकोले विकल्प खाोजेर अघि बढ्न सुझाव दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस