मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५१७ जना पास « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ५१७ जना पास


प्रशासन संवाददाता

२४ भाद्र २०७७, बुधबार


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले शनिवार लिएको लाइसेन्स परीक्षामा ५१७ जना उत्तीर्ण भएका छन् । मेडिकल तर्फ ३५८ र डेण्टलतर्फ १५९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा १ हजार ४७ जना परीक्षार्थी सहभागी भएका थिए ।

एमबिबिएसतर्फ ७ सय ८५ जनामा ३ सय ६१ जना अर्थात् ४६ प्रतिशत मात्रै उत्तीर्ण भए । परीक्षामा सहभागीमध्ये ४ सय २४ अर्थात् ५४ प्रतिशत अनुत्तीर्ण भए । बिडिएसतर्फ भने २ सय ६२ जनामा एक सय ५९ जना उत्तीर्ण भएका छन् ।

परीक्षामा उत्तीर्ण भएका र एक वर्षको इन्टर्नसिपसमेत पुरा गरेका हरुले काउन्सिलको अस्थायी दर्ता प्रमाणपत्रका लागि अनलाइन आवेदन गरेपछि आवेदन गरेको मितिले १५ दिन पछि प्रमाणपत्र तयार गरिने काउन्सिलले जनाएको छ ।

परीक्षाफलबाट चित्त नबुझेका परीक्षार्थीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र पुनर्योगको लागि निवेदन दिन सक्ने काउन्सिलले जनाएको छ । पुनर्योगको लागि एक हजार ५ सय दस्तुर बुझाइ आफ्नो नाम रोल नम्बर स्पष्ट लेखि काउन्सिलको इमेलमार्फत आवेदन गर्नुपर्ने छ ।

आवेदनका लागि दस्तुर नेपाल एसबिआइ बैंकमा काउन्सिलको खातामा बुझाउनुपर्ने छ ।

यस पटक उपत्यका बाहिर र भित्र गरी १७ स्थानमा परीक्षा भएको थियो ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस