४ कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पछि जिल्ला प्रशासन कार्यालय बन्द « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

४ कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण पछि जिल्ला प्रशासन कार्यालय बन्द


प्रशासन संवाददाता

२३ भाद्र २०७७, मंगलबार


गोरखा । ४ कर्मचारीसहित १८ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले सबै सेवा स्थगित गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यलय गोरखाका सवारी चालक र तीन जना अन्य कार्यालयका कर्मचारीसहित १८ जनामा कोरोना पुष्टि भएपछि तत्कालका लागि सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले जानकारी दिए ।

सोमबार जिल्ला प्रशासन कार्यालयका १ जना सवारी चालक, जिल्लाका हुलाक, अनुसन्धान र स्वास्थ कार्यालयका १/१ जना गरी ४ कर्मचारी तथा अन्य १६ जना गरी १८ जनामा कोरोना पुष्टि भएको प्रजिअ भट्टराईले बताए ।

प्रजिअ भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक कामका लागि चाहिने सवारी पास भने इमेलमार्फत प्राप्त गर्ने र सोही मार्फत सेवा सहजीकरण गरिने बताए ।

‘यस कार्यालयबाट जारी हुँदै आएको अत्यावश्यक प्रयोजन जस्तैः बिरामी उपचार, मत्यु संस्का, सरकारी कामकाज, विदेश जाने व्यक्ति लगायत विविध कामका लागि जिल्ला बाहिर जान आवश्यक सहयोग एवम् सहजीकरण गरिदिनहुन भन्ने निवेदन र कागजात अर्को व्यवस्था नभएसम्मको लागि इमेलमार्फत प्राप्त गर्ने र सोही मार्फत सहजीकरण पत्र प्रदान गरिने व्यहोरा जानकारी गराइन्छ’ प्रजिअ भट्टराईले जारी गरेको सूचनामा भनिएको छ ।

सूचना :

 

Tags :
प्रतिक्रिया दिनुहोस