२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी होस् : रक्षा मन्त्रालय

अ+ अ-

काठमाडौँ । राष्ट्रिय गौरव तथा प्राथमिकता प्राप्त आयोजनाका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारी नभए निर्माण लक्ष्य हासिल गर्न कठिन हुने निष्कर्ष निकालिएको छ । आयोजना कार्यान्वयनलाई प्रभावकारी तुल्याउन सम्बोधन गर्नुपर्ने विषयका रूपमा पहिचान गर्दै रक्षा मन्त्रालयले यस्ता कुरालाई अन्तरमन्त्रालयले विशेष महत्वका ग्रहण गर्न सुझाव दिएको छ ।

मन्त्रालयले कालीगण्डकी करिडोर, कर्णाली करिडोर, बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ, खाँदवारी–सङ्खुवासभा, दार्चुला–तिङ्करलगायतका सडक निर्माणका लागि आर्थिक वर्षको शुरुमै पर्याप्त बजेट विनियोजन र अख्तियारीको आवश्यकता औँल्याएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित राष्ट्रिय गौरव तथा प्राथमिकताका आयोजना कार्यान्वयनमा देखिएका समस्या तथा राष्ट्रिय विकास समस्या समाधान समिति बैठकका निर्णय कार्यान्वयन स्थिति र आगामी कार्यक्रमको केही समयअघि भएको समीक्षामा यस्तो निष्कर्ष निकालिएको हो ।

वन तथा वातावरण मन्त्रालयबाट राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयनका लागि बजेट तथा अख्तियारी पनि समयमै सुनिश्चित गर्न रक्षा मन्त्रालयले सुझाव दिएको छ । नेपाली सेनालाई निर्माण कार्यको नयाँ जिम्मेवारी प्रदान गरिएको सङ्खुवासभा–किमाथाङ्का सडकका लागि अघिल्लो वर्ष बजेट २०७७ वैशाखमा मात्र निकासा हुँदा रकम फिर्ता गर्नुपरेको विषय समीक्षामा प्रमुखताका साथ राखिएको थियो ।

काठमाडौँ–तराई–मधेश द्रुतमार्गलाई निर्धारित समयमा पूरा गर्न खोकना क्षेत्रको जग्गाको मुआब्जा वितरणसम्बन्धी विवादलाई यथाशीघ्र समाधान गर्नुपर्ने आवश्यकतामा पनि जोड दिइएको छ । आयोजनालाई द्रूतरूपमा अघि बढाउन निर्माणस्थल आसपासका वनजङ्गल, खोलानाला, खानी, ऐलानी तथा सरकारी जग्गाबाट आवश्यकताअनुसारको निर्माण सामग्री उत्खनन गरी सहजरूपमा प्रयोग गर्न स्पष्ट कानूनी व्यवस्था मिलाउन पनि आवश्यक देखिएको मन्त्रालयले जनाएको छ ।

लकडाउनका कारणले द्रूतमार्गसहित आयोजनमा उपकरण पुर्याउन र प्राविधिकको परिचालन गर्न बाधा पुगेकाले वार्षिक कार्यप्रगतिको लक्ष्य हासिल गर्न कठिनाइ हुने देखिएको छ । यद्यपि सेनाको व्यवस्थापनमा अघि बढिरहेका कतिपय आयोजनाको वार्षिक प्रगति निकै उत्कृष्ट रहेको छ । कालीगण्डकी करिडोर, कर्णाली–करिडोर, बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक र दार्चुला–घाँटीबगर गोरेटो र घोडेटो ट्र्याक निर्माणको अघिल्लो आर्थिक वर्षको कार्यप्रगति ८० प्रतिशतभन्दा माथि थियो ।

आयोजना अघि बढाउने सन्दर्भमा अन्य मन्त्रालयबाट सहमति र स्वीकृति लिनपर्नेमा समयमै सहमति नहुँदा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको काम उल्झनमा परेको विषयलाई उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो । वन तथा वातावरण मन्त्रालयबाट रुख कटानको सहमति समयमै प्राप्त नहुँदा केही समय कार्यक्रम अघि बढाउन उल्झनमा परेको थियो ।

कतिपय कार्यक्रमको बजेट निकासा ढिलो हुँदा समयमै ठेक्कापट्टाको कार्य अघि बढाउन नसकिएको मन्त्रालयको भनाइ छ । भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको बजेट मङ्सिरमा मात्र प्राप्त हुँदा वार्षिक लक्ष्य पूरा गर्न नसकिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस