करेन्ट लागेर चालकको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

करेन्ट लागेर चालकको मृत्यु


२२ भाद्र २०७७, सोमबार


रसुवा । स्काभेटरलाई विद्युत् तारले छुँदा करेन्ट लागेर आज एक चालकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा उत्तरगया गाउँपालिका वडा नं ५ लहरे निवासी २५ वर्षीय दिनेश श्रेष्ठ छन् ।

घटनालगत्तै उपचारका लागि उनलाई रसुवा अस्पताल पुर्‍याइए पनि निधन भइसकेको रसुवा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले जानकारी दिए ।

बिहान ट्रकमाथि राखेर स्काभेटर स्याफ्रुबेँसीतर्फ लाँदै गर्दा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ खोपाङ भीरमा सो दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।

राजमार्ग छेउमा रहेको धुञ्चे –स्याफ्रु ११ केभी विद्युत् प्रसारण लाइन तारमा मेशिनले कसरी छुन गयो भन्ने सम्बन्धमा प्रहरी अनुसन्धान शुरू गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस