कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने व्यक्ति पक्राउ


प्रशासन संवाददाता

२२ भाद्र २०७७, सोमबार


पक्राउ

काठमाडौं । कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भन्दै भ्रम फैलाउने एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बुलाई सोमकार गरेको हो ।

ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको महाशाखाका एसएसपी दीपककुमार थापाले बताए ।

पक्राउ परेका लिम्बुविरुद्ध अफवाह फैलाएको कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।

लिम्बुलाई यसअघि पनि महानगरीय प्रहरी वृत्त, सातदोबाटोले पक्राउ गरेको थियो ।

उनले कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनु र पोष्टमार्टम नहुनु पछाडिको कारण गोप्य रुपमा अंग झिक्न हो भनेर दाबी गर्दै युट्युबमा अन्तरर्वाता दिँदै आएका थिए । उनको दाबीलाई पुष्टि हुने कुनै प्रमाण नभेटिएपछि उनलाई कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस