२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती सेवा कि भृत्यतन्त्र ?

अ+ अ-

राजाले ठूलो नियानिसाप हेर्नू I अन्याय मुलुकमा हुन नदिनू I निया निसाप बिगार्न्या भन्याका राजाका महासतुर हुन् I – पृथ्वीनारायण शाह

रुसको शासन मैले होइन, मेरा दश हजार कारिन्दाहरूले गर्दछन् I – रुसी सम्राट जार निकोलस द्वितीय

यदि तिमी पाप गर्दै छौ भने बरु ईश्वरको विरुद्धमा गर, किन्तु कर्मचारीतन्त्रको विरुद्धमा पाप नगर I ईश्वरले बरु माफ गर्नेछन् तर कर्मचारीतन्त्रले माफ गर्ने छैन I – हाइम्यान रिकभर

निजामती सेवाको सुरुआत प्राचीन चीनी साम्राज्यमा भएको थियो I राजदरबार र सरकारी सेवामा सम्राटको नाता पर्ने र नजिकका मानिस मात्र राख्दा एकातर्फ नटेर्ने र अर्कातर्फ राज्यसत्तामै आँखा लगाउने हुँदा सर्वसाधारण मानिसलाई सेवामा लिने प्रचलन सुरु भएको मान्यता छ I साम्राज्यको दूरदराजका व्यक्तिहरूलाई योग्यता परीक्षाको माध्यमबाट  सेवामा लिँदा राजालाई तीन किसिमका फाइदा भए I राज्यसत्ता अकन्टक भयो, देशभरिका योग्य र दक्ष युवाहरूको राज्यप्रणालीमा सहभागिता हुन गयो र राष्ट्रिय एकताको भावनालाई समेत टेवा मिल्यो I

भारतमा विदेशी मुसलमानी आक्रमण भएपछि उनीहरू त्यहीँ रसबस भए I स्वदेशी भारतीयहरूले आफ्नो राज्य र धर्म थाम्न सकेनन् I त्यसको मूल कारण हिन्दु धार्मिक कट्टरताभित्रको वर्ग विभाजन र राजकाजमा स्वार्थी, विलासी र गुटबाजीमा लागेका अल्छी राजकाजीजरुको भृत्यतन्त्र नै मुख्य थियो I भारतमा पहिले मुगलहरूले प्रायः तरबारको भरमा र पछि ब्रिटिशहरुले बल, दण्ड एवं लोभ देखाएर र फकाएर शासन गरे I इस्ट इन्डिया कम्पनीले सुरु गरेको निजामती सेवा  भृत्यतन्त्रमा आधारित एक प्रकारको दासानुदास प्रणाली थियो I

भारतीय मूलको उच्च अधिकारीले अंग्रेजको चाकरी गर्दथ्यो र आफू मातहतको अधिकारीबाट चाकरी लिन्थ्यो I यो सिलसिला एउटा चपरासीले सर्वसाधारण ग्रामीण जनतालाई तर्साएर चाकरी लिने प्रवृत्तिमा गएर टुङ्गिन्थ्यो I चलाख अंग्रेजहरु भारतीयहरूलाई यसरी भृत्यकरण गर्न सफल भएका थिए I

नेपाल कहिल्यै पनि विदेशीको गुलाम नभएको हुँदा नेपाली निजामती सेवाको पूर्वरूप भारतसँग मेल खाँदैन I नेपाल निजामती सेवाको पूर्वरूप चीनको निजामती सेवासँग पनि मिल्दैन I नेपाली कर्मचारी पनि चीनमा जस्तै राजाका सेवक थिए, तर नेपालमा चीनमा जस्तो योग्यता प्रणाली र राष्ट्रिय प्रतिनिधित्व थिएन I नेपालमा खास गरी भीमसेन थापाको पालामा सुरु भएको भृत्यतन्त्रमा आधारित चाकरीप्रथाले राणा शासनको बेलामा गएर संस्थागत रूप धारण गरेको थियो I

तत्कालीन अवस्थामा नेपालमा जे थियो सबै राजाको थियो I कमजोर र नाबालख राजा भए तापनि राज्यका सबै कार्यहरू राजाकै नाममा हुन्थे I शासन राजाको, कानुन राजाको, युद्ध राजाको, सीमाविस्तार राजाको, विदेशी शक्तिसँग सन्धि राजाको, सेना राजाको, कर्मचारी राजाको, धन राजाको र अन्त्यमा प्रजा पनि राजाको I जहाँ सुरु भए तापनि सबै कुरा राजामा पुगेर सकिन्थ्यो I त्यसैले कर्मचारीहरू ‘राजाको सिन्दूर’ पहिरेका हुन्थे I जहाँ चाकरीमा आधारित भृत्यतन्त्र हुन्छ त्यहाँ दासानुदास प्रणाली कायम हुनु निश्चित छ I जुन अधिकारी ज्यादा चाकरीवाज हुन्थ्यो उसले आफू मातहतका कर्मचारीलाई त्योभन्दा ज्यादा चाकरी गराउँथ्यो I यो सिलसिला एउटा मुखिया जिम्वालले साधारण प्रजाको चाकरी लिएर सकिन्थ्यो I

काठमाडौँ उपत्यकामा नोकरी गर्ने कर्मचारीले दिनभरि अड्डामा काम गर्नु मात्र काफी थिएन I कर्मचारीहरू अड्डा छुटेपछि सिंहदरबारको पटाङ्गिनीमा जम्मा भएर चाकरी गर्न दौडेर जान्थे I सिंहदरबारमा चाकरी गर्ने हैसियत राख्नेको गाउँ बस्तीमा दबदबा हुन्थ्यो I चाकरी शब्द बडो प्यारो थियो कर्मचारी वृत्तमा I नोकरीको ठेगान थिएन I पजनीमा थमौती भयो भने अर्को एक वर्षका लागि मात्र नोकरी पक्का हुन्थ्यो I तथापि मानिसहरू सरकारी नोकर हुन किन भुतुक्क भए होलान् ? यो प्रवृत्तिलाई निर्धारण गर्ने मनोविज्ञान अचम्मको छ I यो मनोविज्ञान  बदलिएको आधुनिक निजामती सेवामा पनि कायमै छ I

ब्रिटिशकालीन भारतीय निजामती सेवाले भारतीय स्वराज आन्दोलनमा ब्रिटिश सत्ताको बलियो किल्ला बनेर सहयोग गरेको थियो I निजामती सेवासँग साह्रै चित्त दुखाएका भारतीय स्वतन्त्रता सेनानीहरूले स्वतन्त्रता प्राप्तिपछि सेवाको विघटनको मागसमेत गरेका थिए I तर उपप्रधान तथा गृहमन्त्री बल्लभ भाइ पटेलले दक्षता हासिल गरेको अनुभवी सेवाको विघटन गर्न मानेनन् I नेपालको निजामती सेवाले पछिल्लो जनआन्दोलनमा आन्दोलनकारी शक्तिको  सहयोग गर्‍यो I अहिले भारतको निजामती सेवा विश्वकै स्थापित  संस्थामा गनिन्छ भने नेपालको निजामती सेवा विश्वकै लथालिङ्ग सेवामा गणना हुन्छ I किन्तु यसको कारण खोज्ने झन्झट गर्न कोही तयार छैन I कारण खोज्यो भने राजनीति र निजामती सेवा स्वयंभित्र फेला पर्ने हुँदा दुवै पक्ष तैंचुप मैचुप भएर बसेका छन् I

राणाको समयमा निजामती काम गर्ने उच्च अधिकारीहरूलाई सैनिक पदनाम दिइएको हुन्थ्यो I कुलीन भृत्यतन्त्रमा आधारित शासन व्यवस्था रहेको हुँदा ठूला पदमा राणाहरू नै आसीन हुन्थे I सुब्बादेखि तल्लो तहका पदमा मात्र  सर्वसाधारण मानिसहरू रहने गर्दथे I कर्मचारीलाई बल्लबल्ल ज्यानसम्म धान्ने खान्की प्राप्त हुन्थ्यो I काम गर्ने वातावरण अत्यन्तै निम्छरो र नोकरीको कुनै पक्कापक्की थिएन I तैपनि सरकारी नोकरी खान मानिसहरू मरिहत्ते गर्दथे I यसको कारण थियो आफू चाकरी र दुःख गरेर जेनतेन नोकरीमा थामिन सकियो भने आफूभन्दा मुनिका कर्मचारी र साधारण प्रजालाई चाकरी गराउन पाइनु  I सरकारी कर्मचारीको तलब थोरै भएर के गर्नु, कोही कोही त यसो उसो गरेर सम्पन्न भई छाड्थे I फेला परेका र कसैको आँखा लागेका कर्मचारीलाई पिन्जरामा हालेर कारबाही गरे तापनि धेरैजसो ‘चोखै’  रहन्थे I कारबाहीको त्यो परिस्थिति करिब करिब अहिलेको जस्तै थियो I

के हो हाम्रो आधुनिक निजामती सेवा ? यो जनताको सेवामा आधारित हो कि शासकको सेवामा ? कर्मचारी राष्ट्रको सेवक हो कि भृत्य (तल्लो स्तरको नोकर) ? हुन त भनिन्छ ‘शब्दमा के राखेको छ र ?’  बिस्टाको नाम गुलाफ राखे पनि दुर्गन्ध आउने हो, गुलाफलाई बिस्टा नाम राखे तापनि बास्ना नै आउने हो I तर नाममा धेरै कुरा हुन्छ I भारतको एउटा सरकारी कार्यालयको सूचनामा ‘भृत्यके रिक्त पदों पर सीधी भर्ती हेतु प्राप्त आवेदन पत्रों मे पात्र-अपात्र तथा दावा आपत्ति हेतु सूचना I’ उल्लेख भएको पाइयो I जुनसुकै स्तरको सरकारी कार्यालयको सूचना भए तापनि यसरी आवेदन माग गरिएको पदको कुनै सेवा त होला, नाम त होला I तर त्यहाँ सत्तरी पचहत्तर वर्ष अघिको दास मानसिकता अझै कायम रहेछ I यसले के देखाउँछ भने त्यस कार्यालयमा नोकरी पाउने भृत्यहरूले अरू धेरै सर्वसाधारण जनतालाई पनि भृत्य जस्तै व्यवहार गर्नेछन् I

हामीकहाँ कमसेकम यस्तो भाषाका सूचना निस्कने गरेका छैनन् भनेर चित्त बुझाउन  सकिन्छ I भारतमा त नामै नराम्रो देखियो र त्यसले साह्रै गलत मनोविज्ञान उत्पन्न हुने निश्चित देखियो I परन्तु हाम्रो अवस्था कस्तो छ त ? हाम्रो निजामती सेवा राष्ट्रमा सार्वजनिक उत्तरदायित्व वहन गर्ने  ‘राष्ट्रसेवक’ हो कि निजीसेवक ? मुलुकले अङ्गीकार गरेको प्रणाली अनुरूप  लोक सेवा आयोगको  परीक्षा उत्तीर्ण गरेर हाजिर हुन आएको कर्मचारीलाई त्यही प्रणालीभित्रको कुनै अधिकारीले हाजिर गर्न नदिएर फिर्ता पठाउँछ I ऊ राज्यले आत्मसात् गरेको पद्धतिमध्ये आफूलाई मन परेको जति मान्न र मन नपरेको जति अस्वीकार गर्न स्वतन्त्र छ  I त्यस्तो अराजक काम गर्नेलाई  ‘यस्तो त अलि भएन हो’ भनेर पत्र लेख्ने बाहेक केही गर्न नसक्ने निरीह प्रणालीमा कर्मचारी कसरी राष्ट्रसेवक बन्ने ? आफ्नो क्षणिक र ससाना फाइदाका लागि निमित्त सिमित्त खाएर बसेका यही प्रणालीभित्रका कर्मचारी  त्यस्तो निन्दाजनक काम गर्नमा सहयोगी हुन्छन् भने तिनलाई राष्ट्रसेवक भन्ने कि भृत्य ? प्रणालीको माध्यमबाट प्रणालीभित्र रही प्रणाली अनुरूप काम गर्न जाने कर्मचारी कुनै पदाधिकारीको निजी चेट या चेटिका (साह्रै तल्लो स्तरको नोकर) हुन तयार हुनुपर्ने हो भने लोक सेवा आयोगको केही  प्रयोजन छैन I यो वातावरणमा निजामती सेवा ऐन (प्रदेश र स्थानीय निजामती सेवा ऐन त आवश्यक नभएरै होला बनाइएको पनि छैन) को पनि के नै गरिमा रह्यो र  I

यस्तो प्रतिष्ठाविहीन, सुविधाविहीन, व्यावसायिकताविहीन र निष्पक्षताविहीन निजामती सेवाको काँधमा चढेर कसरी समृद्धियात्रा सुगम र सहज हुने होला ? उत्तर दिन कोही तयार छैन I जसले पद्धति मानेको देखेर कर्मचारी पनि पद्धतिमा चल्न प्रेरित हुने हो उनीहरूकै यस्तो हाल भएपछि कोसँग के आशा गर्नु ? आफूले भने मुताबिक काम गरेन भनेर नियम र आचरण पालना गर्ने कर्मचारी फिर्ता हुन्छ I जनताले चुनेको वडाध्यक्षले कर्मचारी कुट्छ I अर्को कर्मचारी त्यो कृत्यलाई मौन भएर हेर्न अभिशप्त हुन्छ I कहाँ गुहार मागेर त्राण पाइने हो थाहा छैन I पद्धतिका लागि भनेर अविरल रूपमा लामो संघर्ष गरेका हामी नेपालीको नियती यही हो त ? हाम्रा केही कर्मचारी साथीहरू लोकतान्त्रिक गणतन्त्र ल्याउनुमा ‘हाम्रो पनि योगदान छ’ भन्छन् I कर्मचारीको पेशागत हकहितका लागि खडा गरिएका कर्मचारी युनियन ‘हरू’ को यो नयाँ पजनी प्रणालीबारे के भनाइ छ कुन्नि !

देशको सार्वजनिक प्रशासनको यो हाल छ I उता साराका सारा राजनीतिक दलहरू भागबण्डा र गुटबन्दीमा मग्न छन् I आफैले बनाएको पद्धति अनुरूप आफ्नै दलको सरकार गठन हुँदा पनि ‘आफै’ अमुक ठाउँमा पुग्न नपाएको कुण्ठा छ I काम गर्न सरकारमा गएकाहरूको कामको मूल्याङ्कन गर्नतर्फ नलागी आफ्नो व्यवस्थापन कसरी गर्ने भन्नेमा मग्न छन् कोही I जनताले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर भनी आदेश दिएको प्रमुख प्रतिपक्षी दल इतिहासकै हास्यास्पद ‘जोक’ गरिरहेछ I उच्चपदस्थ निजामतीहरू अकर्मण्यताको महासागरभित्र हराएका मोती जस्ता भएका छन् I उनीहरू आफ्नो भूमिका निर्वाह गर्न असक्षम हुन् कि प्रणालीको मारमा परेका हुन्, बुझ्न कठिन छ I सबैलाई कोही ‘अकारण करुण’ बनेर पार लाइदिने निस्के पुग्यो I

यो परिस्थितिमा व्यक्तिगत रूपमा कसलाई दोष दिने ? सत्तारुढ दलभित्र सरकारको जिम्मा पाएको पक्षलाई ‘ल तिमी निर्धक्क काम गर, गलत काम नगर्नू, तिमीले गलत गरे हामी पनि डुब्नेछौँ, खबरदार !’ भनेर ‘हिदायत’  दिनु पर्नेमा अर्कै बाटोलाई श्रेयस्कर र मङ्गलकारी देख्न थालेपछि सरकारको मूल्याङ्कन गर्ने आन्तरिक दलीय संयन्त्र नै ‘डिरेल’ हुन गयो I सरकारमा पनि आफ्ना कार्यको स्वमूल्याङ्कन गर्नुभन्दा आफ्नै जिद्दीमा अडिग रहने प्रवृत्ति देखियो I यस्तो पद्धतिभित्र काम गर्ने निजामती सेवा प्रणालीबद्ध जनसेवा गर्ने  ‘सेवा’ कसरी बनोस् I यस्तो अवस्थामा सक्नेले व्यक्तिगत सम्बन्धका आधारमा आआफ्नो ‘पोजिसन’ को सुरक्षा गर्ने र नसक्ने जति चाम्रिएर बस्नु बाहेक के नै उपाय रह्यो र I

आजैका दिन  ‘निजामती सेवा दिवस’ मनाइरहेको निजामती सेवाको सामूहिक मनस्थिति कस्तो होला ? लोक सेवाको परीक्षा दिएर हजारौँभित्रबाट केही मात्र छानिएर निजामती पेशा अँगालेका युवाहरूको मानसिक भाव कस्तो होला ? यस उपलक्ष्यमा भनिने र सुनिने उद्गारहरूप्रति प्रकट र भित्री प्रतिक्रिया कस्तो रहला ? के यो दिवसमा अधिकारप्राप्त सम्बन्धित पक्षबाट सुधारको रेखा कोरिएला ? के निजामती सेवाको भनिने र देखिने रूप एउटै बनेर पुनरुत्थान होला ?

सेवाबाट बाहिर रहेका तर निजामती सेवाको  ‘कख’ जानेका व्यक्तिहरूले दिन सक्ने भनेको त शुभकामना मात्र हो I

हार्दिक शुभकामना !