उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ : सिडिओ भट्ट « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उपत्यकामा दशैंसम्म निषेधाज्ञा गर्नुपर्छ : सिडिओ भट्ट


२१ भाद्र २०७७, आइतबार


काठमाडौं । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले दशैंसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउनुपर्ने बताएका छन् ।

आइतबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उपसमितिको बैठकमा सिडिओ भट्टले चाडबाडमा मानिसहरुको आवातजावत बढ्ने भएकाले निषेधाज्ञा नै उत्तम विकल्प भएको बताए ।

‘दशैँ आउँदै छ, केही सहजीकण गरेर भए पनि निषेधाज्ञालाई दशैँसम्म राख्नुपर्छ होला’, उनले भने, ‘अब चाडबाडमा मानिसको आवतजावत धेरै हुन्छ । संक्रमण बढ्छ । त्यसकारण दशैँसम्म निषेधाज्ञा गर्नैपर्छ ।’

तिजजस्ता चाडबाडमा निषेधाज्ञा गरेकाले कोरोना संक्रमण कम भएको उनको भनाइ थियो । उनले भने, ‘निषेधाज्ञामा अपेक्षाकृत कोरोना नियन्त्रण नभए पनि निषेधाज्ञा नभएको भए अवस्था झनै भयावह हुने थियो ।’

काठमाण्डु उपत्यकामा भदौ ४गतेदेखि निषेधाज्ञा जारी छ । हाल जारी रहेको निषेधाज्ञा भदौ २४ गतेबाट सकिँदैछ । काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरुले लकडाउन नै अहिलेको अवस्थामा सही विकल्प भएको बताउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस