आफ्नो जन्मदिनमा पर्यटनमन्त्री भट्टराईले मुस्कानलाई दिए ५० हजार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आफ्नो जन्मदिनमा पर्यटनमन्त्री भट्टराईले मुस्कानलाई दिए ५० हजार


प्रशासन संवाददाता

२१ भाद्र २०७७, आइतबार


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन योगेश भट्टराईले आज आफ्नो जन्मदिन एसिड प्रहार पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग गरी मनाएका छन् । मन्त्री भट्टराईले पीडित खातुनलाई ५० हजार नगद प्रदान गरेका हुन् ।

मन्त्री भट्टराईले खातुनको पढाईमा सहयोग पुगोस् भनेर आर्थिक सहयोग गरेको बताए । खातुनको आत्मविश्वास देखेर निकै प्रभावित भएको बताउँदै उनको आत्मविश्वास अझै बढाउन मन्त्री भट्टराईले उक्त सहयोग गरेको बताए । मन्त्री भट्टराईले आफ्नो जन्मदिनमा प्रत्येक वर्ष पीडितलाई सहयोग गर्दै आएका छन् ।

गत भदौ २० गते घरबाट स्कुल जाँदै गर्दा वीरगञ्जमा मुस्कानमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते मुस्कान उपचारकै क्रममा छन् । उनी कक्षा ९ मा अध्ययनरत थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अगाडी मुस्कानलाई बालुवाटार बोलाएर शिक्षाको सबै प्रवन्ध मिलाउने बचन दिएका थिए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस