सचिवमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्री क्वारेन्टिनमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

सचिवमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्री क्वारेन्टिनमा


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै मन्त्री वसन्तकुमार नेम्वाङ होम क्वारेन्टिनमा बसेका छन् ।

मन्त्रालयका सचिवलाई बुधवार सङ्क्रमण पुष्टि हुनसाथ होम क्वारेन्टिनमा बस्न थालेका मन्त्री नेम्वाङ आजको मन्त्रिपरिषद् बैठकमासमेत सहभागी भएनन्।

सिँहदरवारस्थित एक कर्मचारीका अनुसार मन्त्री नेम्वाङको आज स्वाब लिइँदै छ ।

मन्त्रालयका सचिवमा कोरोना सङ्क्रमण देखिएपछि मन्त्रालयका सबै जना कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ सुरु भएको छ।

सम्बन्धित समाचार : भौतिक सचिव कार्कीलाई कोरोना सङ्क्रमण

कर्मचारीहरूको शुक्रवार दिउँसो सिंहदरबारस्थित मन्त्रालयमा स्वाब लिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस