भौतिक सचिव कार्कीलाई कोरोना सङ्क्रमण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भौतिक सचिव कार्कीलाई कोरोना सङ्क्रमण


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना सङ्क्रमण भएको छ । उनी अहिले होम क्वारेन्टिनमै बसेर उपचार गरिरहेका छन् ।

उनलाई तीन–चार दिन अघि नै सङ्क्रमण भएको पुष्टि भए पनि बाहिर आएको थिएन ।

‘उहाँलाई सङ्क्रमण पुष्टि भएको तीन चार दिन नै भई सक्यो त’ स्वास्थ्य मन्त्रालय उच्च स्रोतले भन्यो, ‘उहाँकै मन्त्रालयका प्रवक्तामार्फत जानकारी गराई दिएको भए सम्पर्कमा रहेका अरू पनि सजग हुन्थे ।’ अहिलेको परिस्थितिमा कोरोना जो कोहीलाई पनि हुन सक्ने भएकोले लुकाउनु पर्ने कुरै नभएको ती अधिकारीको भनाई छ ।

मन्त्रालयका अनुसार भौतिक मन्त्रालय अन्तर्गत निकायमा कार्यरत केही कर्मचारीलाई पनि यसअघि कोरोना सङ्क्रमण देखिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस