११ बजे मन्त्रिपरिषद् बैठक, बामदेवलाई सिफारिँदै गरिँदै « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

११ बजे मन्त्रिपरिषद् बैठक, बामदेवलाई सिफारिँदै गरिँदै


१९ भाद्र २०७७, शुक्रबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक ११ बजेका लागि डाकिएको छ । आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नियुक्तिका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति समक्ष सिफारिस गर्ने प्रशासन स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयसँगै आजकै मन्त्रिपरिषद् बैठकबाट अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडा बिदाइ हुँदै छन् । आफू मन्त्रीबाट हट्ने पक्का भएपछि खतिवडाले मन्त्री क्वाटर छाड्ने तयारी थालिसकेका छन् । उनले बिहीबार साँझबाट नै पुलचोकस्थित मन्त्री क्वाटरबाट धुम्बाराहीस्थित आफ्नो घरमा सामान सार्न थालिसकेका थिए ।

गत फागुनमा राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल सकिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई पुनः मन्त्रीमा नियुक्त गरेका थिए । मन्त्री बनेको ६ महिनाभित्र संसद्को सदस्य भइसक्नु पर्ने संवैधानिक व्यवस्था अनुसार खतिवडा मन्त्रीबाट हट्न लागेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस