कोरियामा पहिलो पटक नेपालीमा कोरोना, एकै कम्पनीका १८ सङ्क्रमित « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

कोरियामा पहिलो पटक नेपालीमा कोरोना, एकै कम्पनीका १८ सङ्क्रमित


१८ भाद्र २०७७, बिहिबार


सउल । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत दुई नेपालीसहित अन्य १८ सङ्क्रमित पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

उक्त कम्पनीमा कार्यरत २० वर्षीय नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षण गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँग सम्पर्क भएको ठानिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस