थप १ हजार २२८ जनामा कोरोना संक्रमण, ९१७ जना डिस्चार्ज « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

थप १ हजार २२८ जनामा कोरोना संक्रमण, ९१७ जना डिस्चार्ज


१८ भाद्र २०७७, बिहिबार


काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२२८ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४१३ नमुना परीक्षण गर्दा ३९४ महिला र ८३४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन्।

क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस