२ लाख ८९ हजारसहित एक दर्जन जुवाडे पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

२ लाख ८९ हजारसहित एक दर्जन जुवाडे पक्राउ


१८ भाद्र २०७७, बिहिबार


मोरङ । मोरङमा जुवातास खेल्ने १२ जना पक्राउ परेका छन्।

कानेपोखरी–५ चालिसबिघेस्थित एक घरबाट १२ जनालाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो।

प्रहरीले जुवाको खालबाट २ लाख ८९ हजार ५ सय ३१ रुपैयाँ बरामद गरेको छ।

पक्राउ पर्नेमा झापाका ३६ वर्षीय विमल गुरुङ, ३७ वर्षीय सञ्जीव भघनी, ३६ वर्षीय तारा कुमार जोगी, २८ वर्षीय श्याम लिम्बू र ३८ वर्षीय मनिष लिम्बू, बेलबारीका ३६ वर्षीय विमल गुरुङ, ५२ वर्षीय चन्द्र लिम्बू, ३७ वर्षीय कृष्ण लिम्बु र लेटाङ–५ का ३१ वर्षीय समीर तामाङ छन्।

त्यसैगरी सुनसरी धरानका ३९ वर्षीय रुपजंग लिम्बू, २९ वर्षीय किरङ उदास र २४ वर्षीय राजन पौडेल पनि पक्राउ परेका थिए।

प्रहरीले किशोर लुइँटेलको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सुराकका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस