क्यानको विभिन्न पदका लागि खुला दर्खास्त आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

क्यानको विभिन्न पदका लागि खुला दर्खास्त आह्वान


१८ भाद्र २०७७, बिहिबार


काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न पदका लागि खुला दर्खास्त आह्वान गरेको छ । क्यानले मुख्य प्रशिक्षकसहित अन्य पदका लागि खुल्ला दर्खास्त आह्वान गरेको हो ।

क्यानले आधिकारीक वेबसाइटमा मुख्य प्रशिक्षकसहित महाप्रबन्धक, वित्तीय प्रबन्धक, व्यवस्थापक तथा प्रदेश प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ।

क्यानले अब सबै प्रदेशमा एक–एक जना प्रशिक्षक राख्ने गरी प्रदेश प्रशिक्षमा ७ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

त्यस्तै मुख्य प्रशिक्षक १ जना, महाप्रबन्धक १, वित्तीय प्रबन्धक १, व्यवस्थापक १ जानाको लागि पनि दर्खास्त आह्वान गरेको हो ।

असार २६ गते बसेको क्यानको वैठकले रिक्त रहेका पदका लागि दर्खास्त आह्वान गर्ने निर्णय गरेको थियो । जस अनुसार क्यानले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) सँग समन्व्य गर्दै दरखास्त खुलाएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस