नेमारसहित फ्रेन्च क्लबका तीन खेलाडीलाई कोरोना संक्रमण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नेमारसहित फ्रेन्च क्लबका तीन खेलाडीलाई कोरोना संक्रमण


प्रशासन संवाददाता

१८ भाद्र २०७७, बिहिबार


काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का नेमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । पिएसजीले तीन खेलाडीलाई कोरोना पुष्टि भएको बताए पनि नाम भने खेलाएको थिएन ।

तर अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पुष्टि भएको उल्लेख गरेका छन् ।

पीएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपछि अरु खेलाडी र कर्मचारीहरुको पनि परीक्षण गरिने जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस